नीति तथा कार्यक्रम आज पारित गरिदैं

काठमाडौंः सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज पारित गर्दैछ । नीति तथा कार्यक्रममाथि आइतबार र सोमबार छलफल भएको छ । नीति तथा कार्यक्रम आज मंगलबार बिहान ११ बजेपछि बस्ने संसद बैठकमा पारित गरिन लागिएको हो । संसदका दुवै सदनमा आइतबारदेखि नीति तथा कार्यक्रममाथि छलफल भएको र यसका लागि तीन दिनको समय छुट्याइएको थियो ।


प्रकाशित | २४ बैशाख २०७६, मंगलवार ०८:४४