मुक्तिनाथ विकास बैंकको सञ्चालकद्वारा शपथग्रहण

काठमाडौं: मुक्तिनाथ विकास बैंककोे ते(हौं वार्षिक साधारणसभाले आगामी चार वर्षका लागि नयाँ सञ्चालक समितिको चयन गरेको छ । साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्रमान श्रेष्ठ र रवीन्द्रमान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट श्रीमती निर्मलाकुमारी केसी र शालिग्राम मिश्रलाई सर्वसम्मत चयन गरेको हो ।

बैंकले विभिन्न क्षेत्रमा लामो अनुभव भएका प्रतिष्ठित व्यक्तिहरूलाई सञ्चालकको रूपमा पाएको छ । नवगठित सञ्चालकहरूको पहिलो बैठकले यस बैंकको स्थापनाकालदेखि १२ वर्षसम्म प्रमुख कार्यकारी अधिकृत रहनुभएका भरतराज ढकाललाई सर्वसम्मत अध्यक्षको रूपमा चयन गरेको छ ।

समितिका अध्यक्ष भरतराज ढकालले नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेकमा छन् भने अन्य नवनिर्वाचित सञ्चालकहरूलाई समितिका अध्यक्ष भरतराज ढकालले शपथ ग्रहण गराएको बैंकले जनाएको छ ।


प्रकाशित | ४ पुष २०७६, शुक्रबार १५:३५