नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०८५ पुग्यो

काठमाडौं: नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३२३ जनामा संक्रमण देखिएको हो। आज थपिएका ३२३ सहित नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी, थप ९६ जना डिस्चार्ज हुनुभएकाे छ । कुल डिस्चार्ज हुनेको सङ्ख्या ५८४ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाकाे मृत्यु भएकाे छ ।


प्रकाशित | २७ जेष्ठ २०७७, मंगलवार १६:३५