कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं : कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुको चन्द्रौटाका २५, ३४ र ४४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

शनिबार कपिलवस्तुमा थपिएका ३ संक्रमितसहित नेपालमा संक्रमितको संख्या २७६ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३६ जना निको भइसकेका छन्।  आजै बिहान बर्दिया, सिराह, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका थिए।


प्रकाशित | ३ जेष्ठ २०७७, शनिबार ११:५३