फुटबल खेलाडीलाई राजुकाजी शाक्यका १० टिप्स

काठमाडाैं : लकडाउनको समयमा खेलाडीले आफ्नो दिनचर्या कस्तो राख्नुपर्ला ? राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक राजुकाजी शाक्यका १० टिप्स :

– मुख्य रूपमा आफ्नो फिट्नेस कायम राख्न घरमा नै नियमित शारीरिक व्यायाम जारी राख्नुपर्छ ।

आफ्नै खेलका भिडियोहरू हेरेर आफूले गरेको गल्ती खोट्याउँदै थप आत्मविश्वासी हुनुपर्छ ।

– खेलाडीका लागि खानपानको ठूलो महत्व हुन्छ । आफूले गर्ने व्यायामका आधारमा खानपानको व्यवस्थापन गर्नुपर्छ । अन्यथा मोटाउने डर हुन्छ । त्यसैले, स्वस्थकर खानेकुरामा जोड दिनुपर्छ।

– आफ्नो स्वास्थ्यलाई ख्याल राखेमा बिरामी हुने सम्भावना कम हुन्छ । र, बिरामी भएमा औषधि सेवनमा ध्यान पु-याउनुपर्छ ।

– यो प्रविधिको समय हो, त्यसैले आफूलाई मन पर्ने फुटबल स्टारका खेलमा भिडियो हेरेर धेरै कुरा सिक्न सकिन्छ । जे सिक्छु भन्दा पनि पाउने जमाना भएकाले धेरै चिन्ता लिनुपर्दैन ।

– समयअनुसार आफूलाई परिष्कृत गर्नुपर्छ । खेल्न पाइनँ या मेरो खेल खस्किने हो कि भनेर तनाव लिनुहुन्न । निरन्तर मिहिनेत कायम राख्नुपर्छ ।

– आफुलाई रिफ्रेस राख्न राम्रा मुभी हेर्ने र पढ्ने गर्नाले पनि मानसिक रूपमा बलियो हुन मद्दत पुग्छ ।

– मुख्य रूपमा साप्ताहिक रुटिन बनाएर आफूले गर्ने वर्क–आउटको समय निर्धारण गर्नु खेलाडीका लागि लाभदायक हुन्छ ।

– घरमा कम्पाउन्ड या नजिकै सुरक्षित खुला स्थान उपलब्ध भएमा त्यहाँ गएर फुटबलका टेक्निक सिक्न सकिन्छ ।

– सबैभन्दा महत्वपूर्ण कुरा भनेको इमान्दारका साथ लकडाउनमा आफ्नो तौल स्थिर राखेर खेलमा फर्किन्छु । मेरो भविष्य लामो छ भन्ने आत्मविश्वास कायम राख्नुपर्छ ।


प्रकाशित | ३ जेष्ठ २०७७, शनिबार ०७:३९