काठमाडौं: अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजले कोरोना रोकथामको लागि काभ्रे जिल्लामा फन्ट लाइनमा कार्यरत स्वास्थ्यकर्मी, प्रहरी, आर्मी र पत्रकारहरुलाई राहत सहयोग अन्तर्गत ३० थान पीपिई सहयोग हस्तान्तरण गरेको छ ।
आज काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई एक कार्यक्रमकाबीच समाजले दोस्रो चरण अन्तर्गत ३० थान पीपीई हस्तान्तरण गरेको हो ।
समाजका अध्यक्ष दिपक खरेलका अनुसार यसअघि पहिलो चरणमा १ लाख ५० हजार ५ सय ५० वरावरको मास्क, ग्लोम्स, थर्मल गन हस्तान्तरण गरिसकेको छ ।
प्रकाशित | १ जेष्ठ २०७७, बिहीबार २२:४२