आँखा पाक्ने रोगको संक्रमण बढेपछि गोकर्णेश्वरका विद्यालय चार दिन बन्द गर्ने निर्णय

काठमाडौं : आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि गोकर्णेश्वर नगरपालिकाका विद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । नगरप्रमुख दिपक कुमार रिसालले आँखा पाक्ने रोगको सक्रमण फैलिएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

नगरप्रमुख रिसालका अनुसार विभिन्न विद्यालय, शैक्षिक संस्थासँग आबद्ध व्यक्ति र स्वास्थ्यकर्मीहरुको संयुक्त छलफल पश्चात् साउन ३० गतेदेखि चार दिनसम्मका लागि सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरिएको हो ।

नगरपालिकाका वडास्तरका आधारभूत स्वास्थ्य सेवा केन्द्र र नगरपालिकाले सञ्चालन गरेको गोकर्णेश्वर नगर अस्पतालमा आँखा पाक्ने समस्याका बिरामी बढी आउने गरेका छन् । नगरप्रमुख रिसालले आँखा पाक्ने रोगसँग सचेत रहन नगरबासीलाई अनुरोध गर्नु भएको छ ।


प्रकाशित | २९ श्रावण २०८०, सोमबार १७:०६