रवी राणाद्धारा भक्तपुर क्यान्सर अस्पताललाई एक/एक हजार थान माक्स र पन्जा सहयोग

भक्तपुर : भक्तपुर बालकोट निवासी रवि राणाले भक्तपुर क्यान्सर अस्पताललाई माक्स र पन्जा सहयोग गर्नुभएको छ ।  राणा नेपाली कांग्रेस सुर्यविनायक नगर कमितिका उपसभापति समेत हुनुहुन्छ ।

कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै अस्पतालमा कार्यारत चिकित्सक तथा स्वास्थकर्मीहरुलाई अत्यावश्यक एक हजार थान मास्क र एक हजार थान पन्जा एक कार्यक्रम गरि वितरण गरेको हो । वितरण पछि राणाले कोरोनाको जोखिम न्युनिकरण गर्न अस्पतालाई सानो सहयोग गरेको बताउनुभयो ।

सो अवसरमा अस्पतालको निर्देशक डा ऋषिकेश नारायण श्रेष्ठले कोरोनाको जोखिमका बीच पनि अस्पतालले क्यान्सरका विरामीको उपचार गरिरहेको बताउनुभयो ।


प्रकाशित | ३० बैशाख २०७७, मंगलवार १५:४६