सरकार भारतलाई कूटनीतिक नोट पठाएर बस्न मिल्दैन  : सांसद प्रेम सुवाल

काठमाडौँ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकार भारतलाई कूटनीतिक नोट पठाएर बस्न नमिल्ने बताउनुभएको छ । सांसद सुवालले भारतले नोभेम्बर–२ मा नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी मिचेर नक्सा प्रकाशित गरेको बेला नेपाल सरकार एउटा कूटनीतिक नोट पठाएर मौन बसेको र अहिले सो क्षेत्रमा भारतले सडक निर्माण गरी उद्घाटन गर्दा पनि एउटा कूटनीतिक नोट पठाएर बस्न नमिल्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय अदालत र अन्य अन्तर्राष्ट्रिय दबुमा विषय पेश गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली भूमि पश्चिम नेपालको दार्चुलामा भारतले निर्माण गरेको सडकबारे छलफलमा बोल्दै सांसद सुवालले भारतले पूर्वप्रमहरूलाई सत्तामा राखी कोसी, गण्डक, टनकपुर, महाकाली, सुस्ता, कर्णालीलगायत नदी कब्जा गरेको र सशस्त्र द्वन्द्वमा समेत सहयोग गरी सुरक्षा र परराष्ट्र मामिला, विमानस्थल, बिप्पाजस्ता असमान सम्झौतामा नेपाललाई सही गराएको उल्लेख गर्नुभयो ।

उहाँले भारतले नेपालको भूमिमा बनाएको गुञ्जी, लिपु भञ्ज्याङ सडक खण्डसँग चीनको कुनै सम्बन्ध नभएको र त्यो क्षेत्र पूर्णरूपले नेपालको सार्वभौम भूमि भएको, त्रिदेशी ९नेपाल, भारत र चीनको संयुक्त० बिन्दु भएको उल्लेख गर्दै यसबारे नेपालका पूर्वप्रम र पूर्वपरराष्ट्र, गृह र भूमिसुधार मन्त्री तथा अनुसन्धान विभागका पूर्वप्रमुखहरूलाई जिम्मेवार बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।


प्रकाशित | २९ बैशाख २०७७, सोमबार १९:५७