साउदीमा विदेशी कामदारले लकडाउन उल्लंघन गरे ५० हजार रियाल जरिमाना

काठमाडौं: साउदीमा विदेशी कामदारले लकडाउन उल्लंघन गरे साउदी रियाल ५० हजारसम्म जरिमाना हुने भएको छ । साउदीको आन्तरिक मामिला मन्त्रालयले कोही पनि श्रमिक आफ्नो आवासभन्दा बाहिरका आवासीय भवन वा बन्दै गरेका भवनहरू र फार्महरूमा भेला भएको भेटिएमा साउदी रियाल ५० हजारसम्म जरिमाना गर्ने निर्णय गरेको हो ।

यो निर्देशन नमानेमा जरिमाना बढ्दै जाने र अरु सजायसमेत हुने आन्तरिक मन्त्रालयले जनाएको छ । त्यस्तै, साउदीस्थित नेपाली दूतावासका अनुसार त्यहाँ कार्यरत नेपालीलाई लकडाउनका बेला बाहिर नहिँड्न अपिल गरेको छ । हाल साउदी अरबमा ३० जना नेपालीमा कोरोना पुष्टि भएको छ । जसमा आधा निको भएर काममा फर्किसकेका छन् ।


प्रकाशित | २८ बैशाख २०७७, आईतवार १७:१५