एनआरएनए हङकङको सहयोगमा प्राप्त स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण

काठमाडौं : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङको सहयोगमा प्राप्त स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरणहरु नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

आज एक कार्यक्रमका बीच संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका निर्देशक भोगेन्द्र राज डोटेललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

सोही अवसरमा संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण उपलब्ध गराई सहयोग गरेकोमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

हस्तान्तरण कार्यक्रममा गैर आवासीय नेपाली संघ एशिया प्रशान्तका क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठको पनि सहभागीता रहेको थियो ।एनआरएनए हङकङको सहयोगमा आइआर थर्मामिटर ५० थान र केएन नाइन्टी फाइव मास्क ४००० थान उपलब्ध भएको थियो ।


प्रकाशित | २८ बैशाख २०७७, आईतवार १६:११