हङकङबासी नेपाली ५ जहाज चार्टर गरि उड्दै, एनआरएनए हङकङ अध्यक्ष गुरुङद्धारा आभार व्यक्त

काठमाडौं : केही महिना अगाडि हङकङबाट नेपाल आएका हङकङबासी नेपालीले केही दिनमा हङकङ फर्कन पाउँने भएका छन् । नेपाल सरकारको कोभिड १९ उच्चस्तरीय समितीबाट उडान अनुमति पाएसँगै केहि दिनमा फर्कन पाउँने भएका हुन ।

हिमालयन एअरलाइन्सबाट हङकङ जानको लागि काठमाडौंको एक ट्राभलले ९२५ जना हङकङबासी नेपालीहरुको नामावली पररास्ट्र मन्त्रालय, उच्चस्तरिय समिती र पर्यटन मन्त्रालयमा पेश गरे अनुसार आज अनुमति प्राप्त गरेको हो ।

यहि २०२० मे २२ तारिकमा दुई फ्लाइट, २३ तारिकमा एक फ्लाइट, २४ तारिकमा एक फ्लाइट र २५ तारिकमा एक फ्लाइटको उडान तयारीमा रहेको हार्बेस्ट मुन ट्राभलले जनाएको छ ।

केही हप्ता अगाडि अन्य केहि ट्राभलहरुले पनि हङकङ चार्टर फ्लाइट गर्न प्रती यात्रु १ लाख १० हजारमा टिकट खर्च लाग्ने गरि उडानको तयारी गरेको थियो। कोरोना महामारीको विषम परिस्थितिमा सस्तो र सुलभ तरिकाले हङकङ जान मिल्ने गरि हार्बेस्ट मुन ट्राभल र हिमालयन एअरलाइन्ससँग अनुरोध गरे पछी ६३ हजार रुपैयाँमा उडान गर्न सहमत भएको थियो ।

एनआरएनए हङकङ अध्यक्ष राधिका गुरुङले ( टीका) ले विषम परिस्थितिमा सस्तो र सुलभ तरिकाले हङकङ जान मिल्ने गरि ब्यवस्था गरेकोमा हार्बेस्ट मुन ट्राभल, हिमालयन एअरलाइन्सलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

‘हङकङमा लकडाउन खुला हुँदै गएकोले नेपालमा अडकिएका कतिपय नेपालीको जागीर गुम्ने अवस्था रहेको त कतिपय बच्चाहरुको केही दिनमा स्कुल शुरु हुने भएको हुँदा सबैलाई तनाब शुरु भएको थियो’ , गुरुङले थप्दै भन्नुभयो, ‘हाम्रो समस्या बुझीदिएकोमा नेपाल सरकार, हङकङ सरकार ,महाबाणिज्य दूतावास हङकङलगायत अन्य निकाय र संस्थाहरु प्रती अभार ब्यक्त गर्दछु ।’


प्रकाशित | २ जेष्ठ २०७७, शुक्रबार १६:५०