काठमाडौं : मलेसियाले लकडाउन पुन: थपेको छ । कोरोना सङ्क्रमण रोकथामका लागि लकडाउनको अवधि पुन: थपिएको हो । मलेसियाले ९ जूनसम्म लकडाउनको अवधि बढाएको हो ।
मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि मार्च १८ देखि लकडाउन घोषणा गरेको हो । ४ मेदेखि भने लकडाउन केही खुकुलो बनाइएको छ ।
यसअघि १२ मेसम्मका लागि तोकिएको लकडाउन ४ हप्ता बढाउँदै ९ जूनसम्म पुर्याएको मलेसियाली प्रधानमन्त्री तान सिर मुहाइदिन याशिनलाई उद्धृत गर्दै द स्टारले लेखेको छ ।
मलेसियाले जनवरी १ देखि भिसा सकिएका नेपालीसहित विदेशी नागरिकलाई लकडाउन सकिएको १४ दिनभित्र मलेसिया छाड्न निर्देशन दिएको छ । यसरी स्वदेश फर्कंदा कुनै जरिमाना तिर्नु पर्दैन र मलेसियाली अध्यागमनमा कुनै कागजात पनि देखाउन पर्दैन । टिकट भएपछि सिधै स्वदेश फर्कन सकिन्छ ।
यस्तै, मलेसियाले लकडाउनको समय बढाएसँगै भिसाको अवधि सकिएकालाई १४ दिनभित्र देश छाड्न दिएको समय पनि पछाडि धकेलिएको छ ।
प्रकाशित | २८ बैशाख २०७७, आईतवार १५:३६