कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएपछि डिस्चार्ज

काठमाडौं : कोशी प्रादेशिक अस्पताल विराटनगरमा उपचाररत ८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। उनीहरुमध्ये ७ जना नेपाली र एक जना भारतीय नागरिक छन्। ७ जनामध्ये एक महिला छिन्।

कोशी अस्पतालकी मेसु डा संगीता मिश्रले उनीहरुको पछिल्लो कोरोना संक्रमण परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताउनुभयो । डिस्चार्जमध्ये महिलालाई उयदपुर पठाइने र अन्य पुरुषहरु विराटनगरमै बस्ने बताइएको छ।

कोशी अस्पतालमा अझै १७ जना संक्रमित उपचाररत छन्। अघिल्लो पटक ६ जना डिस्चार्ज भएका थिए। अस्पतालकी मेसु मिश्रले आजै क्वारेन्टाइनमा बसेका कोभिड अस्पतालमा खटिएका पहिलो चरणका स्वास्थ्यकर्मी घर गएको बताइन्। अस्पताल कोभिड अस्पतालमा खटिएका स्वास्थ्यकर्मीलाई २१ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेको थियोे।

कुल १०१ संक्रमितमध्ये ३० जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए। डिस्चार्ज भएका मध्ये वीरगञ्जका २ र काठमाडौंका एक व्यक्तिमा पुनः कोरोना पोजेटिभ आएपछि उनीहरु चिकित्सकको निगरानीमा छन्।


प्रकाशित | २६ बैशाख २०७७, शुक्रबार १४:०९