युरोपको डेनमार्क, स्वीडेन, नर्वे, फिनल्याण्डका नेपालीहरु सुरक्षित छन् : राजदूत लम्साल

डेनमार्क : कोभिड– १९ ९कोरोना भाईरस०को संक्रमणबाट आक्रान्त स्कान्डिभियन नोर्डिक क्षेत्रमा रहेका नेपालीहरु सुरक्षित रहेको डेनमार्कस्थित नेपाली राजदूतावासले जनाएको छ ।

डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालका अनुसार नोर्डिक क्षेत्रका रुपमा चिनिने युरोपको डेनमार्क, स्वीडेन, नर्वे, फिनल्याण्डमा हालसम्म नेपालीहरुमा कोरोनाको संक्रमण कसैलाई भएको छैन ।

राजदूत लम्सालले नेपालीहरुलाई अत्यावश्यक काम बाहेक अन्य प्रयोजनमा बाहिर ननिस्कन र संक्रमणबाट जोगिन सावधानी अपनाउन आग्रह गर्नुभयो । अहिलेसम्म नेपालीहरु संक्रमित भएको सूचना आएको छैन, राजदूत लम्सालले भन्नुभयो, कोही संक्रमित भए तत्काल जानकारी दिन आग्रह गरेका छौ ।

कोरानाको संक्रमणबाट डेनमार्क,स्वीडेन र नर्वे अत्यन्त प्रभावित छन् । फिनल्याण्ड भने भने अन्य देशको तुलनामा कम प्रभावित छ । यहाँ अत्यावश्यक काम बाहेक अन्य प्रयोजनका लागि घर बाहिर ननिस्कन सवै नागरिकलाई सरकारले आह्वान गरेको छ ।

भीडभाडमा नजान र भेला नगर्न आह्वान गरेको डेनमार्कको सरकारले सिनेमा स्कुल घर, रेष्टुरेण्ट, नाईट क्लव बन्द गरिसकेको छ । कोरोनाका प्रभाव, बजार र सार्वजनिक यातायात क्षेत्रमा समेत परेको छ ।

डेनमार्कले केही दिनयता संक्रमितको संख्या पनि बाहिर ल्याएको छैन । र संक्रमित भएकाहरु जतिलाई आईसोलेसनमा राखेर उपचार शुरु गरेको डेनमार्क सरकारले संक्रमितहरुको राष्ट्रियता र पहिचान पनि खुलाएको छैन ।

गैर आवासीय नेपाली संघ डेनमार्कका सचिव महेश खत्रीले डेनमार्कमा हालसम्म नेपालीहरु सुरक्षित रहेको र कोही नेपाली कोरोनाबाट संक्रमित नभएको बताउनुभयो । उता जन सम्पर्क समिति नर्वेका अध्यक्ष जितेन्द्र शाहीले नर्वेमा रहेका नेपालीहरु पनि सुरक्षित भएको जानकारी दिनुभयो ।

स्वीडेनमा पनि कोरोनाको संक्रमण फैलिएको छ । यद्दपि हालसम्म स्वीडेनमा रहेको नेपालीहरु पनि सुरक्षित रहेको गैर आवासीय नेपाली संघ स्वीडेनका अध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो ।

स्वीडेनमा १०३५ जनामा कोरोनाको संक्रमण देखिएकोमा हाल सम्म ३ जनाको मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो । नोर्डिक क्षेत्रमा सबैभन्दा बढी प्रभावित भएपनि यहाँ सबै चिज पूर्ववत संचालनमा छन् ।

फिनल्याण्डमा रहेका नेपालीहरु पनि सुरक्षित रहेको त्यहाँ रेष्टुरेण्ट व्यवसाय सञ्चालन गर्दै आएका सन्तोष पन्तले पश्चिम टुडेलाई जानकारी दिनुभयो ।

फिनल्याण्डमा हालसम्म २६४ जनामा कोरोनाको संक्रमण पाईएको छ । कोेरोनाको संक्रमण फैलिएपछि रेष्टुरेण्ट व्यवसाय ठप्प भएको पन्तले ब बताउनुभयो । (पश्चिम टुडे अनलाइनको सहयोगमा )


प्रकाशित | ३ चैत्र २०७६, सोमबार १८:२८