१४ बालबालिकासहित २७८ यात्रु बोकेर सिड्नी उड्दै नेपाल एयरलाइन्स

काठमाडौं : नेपाल एयरलाइन्सले आज अष्ट्रेलियाको सिड्नीमा उडान भर्दैछ । नेपाल एयरको एयरवस ३३० ले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १:० मा उडान गर्नेछ । वाइडबडी जहाज काठमाडौँबाट दिउँसो १ः३० बजे उड्ने र भोलिपल्ट साँझ ५ बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ ।

जहाज काठमाडौंबाट पहिले मलेसियाको क्वालाम्पुर जानेछ भने साढे ५ बजे क्वालाम्पुरबाट सिड्नी उडान गर्ने विमानस्थलले जनाएको छ । सिड्नीबाट फर्कदा सिधै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

काठमाडौँस्थित अष्ट्रेलियाली दूतावासको पहलमा सिड्नीमा चार्टर्ड उडान गर्न लागिएको हो । जहाजमा १४ बालबालिकासहित २७८ जना रहेका छन् ।


प्रकाशित | २४ बैशाख २०७७, बुधबार ०८:५७