लुक्ला विमान दुर्घटना: को-पाइलटसहित चार जनाको मृत्यु, जहाजका पाइलट गम्भीर घाइते (अपडेट)

सोलुखुम्बु : सोलुखुम्बुको लुक्ला एअरपोर्टमा मनाङ एअरको हेलिकोप्टर, समिट एअरको जहाज आपसमा ठोक्किँदा भएको दुर्घटनामा ४ जनाको ज्यान गएको छ । घटनामा जहाजका पाइलट गम्भीर घाइते भएका छन् । विमानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीका दुई असईको पनि ज्यान गएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाका अनुसा घटना आज बिहान साढे ९ बजेतिर भएको हो। त्यस्तै सोही दुर्घटना स्थल नजिक रहेको श्रीएयरको हेलिकोप्टरमा पनि क्षति पुगेको छ । मनाङ एअरको हेलिकोप्टरले लुक्लामा पर्यटक छाडेर टेकअफ गर्न खोज्दा मनाङ हेलिकोप्टरसँग ठोक्किन पुगेको प्रजिअ रानाले जानकारी गराउनुभयो ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार १०:२५