चिसो मौसममा मुटुका बिरामीले अपनाउनु पर्ने सावधानीहरु

काठमाडौँ :  उपत्यकासहित देशका सबै भागमा चिसो बढेको छ । यो मौसममा दम तथा मुटुरोगबाट ग्रसित विरामीले विशेष सावधानी अपनाउनुपर्छ ।

के गर्ने त ?

१. मुटुरोगीहरू जाडो बढेका बेला मर्निङवाकमा ननिस्कने ।

२. मुटुरोगीले नियमित स्वास्थ्य परीक्षण गर्ने ।

३. व्यायम गर्न परे घरभित्रै गर्ने ।

४. शरीरमा चिसो पैतलाबाट घुस्ने हुनाले बाक्ला मोजा लगाउने ।

५. छातीतथा फोक्सोमा चिसो घुस्न नदिन न्यानो कपडा लगाउने ।

६. खुट्टामा चिसो रहे शरीर नतात्ने हुनाले खुट्टाको पैतला तताउन बल गर्ने ।

७. खुट्टा नताते तातोपानीमा डुवाउने, हडवाटर व्यागले सेक्ने ।

८. तेल तताएर पैतालामा विशेष मालिस गर्ने ।

९. विहानको घाममा ढाड फर्काएर बस्ने ।

१०. शरीरमा बाक्ला कपडा लगाउने।

११. बस्ने कोठामा भयान्टीलेसन राखेर हिटर ताप्न सकिन्छ ।

के खाने ?
१. तातो सुपहरू प्रसस्त खाने ।

२. तातो पानी प्रसस्त खाने ।

३. कालोचियामा मरिज हाली खादा पनि शरीरका लागि राम्रो हुन्छ ।

४. गहतको झोल बनाई खादा पनि चिसोबाट बच्न सकिन्छ ।

५. ज्वानोको झोल बनाई खान पनि सकिन्छ ।

६. गुन्द्रुकको झोल, भट्टमास र भुटेको मकै खादा पनि जाडोमा निकै लाभ दायक हुन्छ ।

७. मुुटुरोगीहरूले माछा तथा कुखुराको मासुहरू खान मिल्छ ।

८. लसुन तथा अदुवाले पनि फाइदा गर्छ ।

यति हुदा हुदै पनि मुटुजन्य रोगी बालक तथा वृद्धहरूमा यसको समस्याहरू देखिन थाल्यो भने तत्कालै अस्पतालमा गई सम्वन्धीत चिकित्सकलाई देखाउनु पर्दछ ।


प्रकाशित | ३ पुष २०७६, बिहीबार १८:०६