नेपालगञ्ज पूर्ण निषेधित क्षेत्र घोषित, नागरिकलाई निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह

नेपालगञ्ज : कोरोना भाईरस संक्रमितको संख्या बढेपछि नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण निषेधित क्षेत्र घोषणा गरिएको छ । उपमहानगरपालिकामा सुरक्षा सर्तकता बढाइँदै पूर्ण निषेधित क्षेत्र घोषणा गरिएको हो । हाल सम्म १६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

नेपालगञ्ज संक्रमण भएका स्थानहरुमा रहेकाहरुको स्वाव परीक्षण सहज होस् भन्ने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण निषेधित क्षेत्र घोषणा गरिएको हो ।

प्रशासनले भोलि बिहान ११ बजे देखि २५ गते मध्यरातिसम्म पूर्ण रुपमा निषेधित क्षेत्र घोषणा गरेको भन्दै नागरिकलाई निषेधाज्ञाको पूर्ण पालना गर्न समेत आग्रह गरेको छ ।

त्यसअवधिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मीबाहेक अरु कोही पनि घरबाहिर निस्कन नपाउने निर्णय भएको छ । त्यस्तै आफ्नो टोल क्षेत्रलाई सुरक्षित राख्ने बाहनामा बाटो अवरुद्ध नगर्न पनि बैठकले निर्णय गरेको छ ।

नेपालगञ्जमा भेटिएका कोरोना संक्रमितमा कोरोनाका केही लक्षण नदेखिएको पाइएपछि कोरोना समुदायमा प्रवेश गरेको आकलन गरिएको छ ।


प्रकाशित | २२ बैशाख २०७७, सोमबार २०:५७