एनआरएनए पूर्वअध्यक्ष जीवा लामिछाने ‘कीर्तिमय राष्ट्रदीप’ बाट सम्मानित

काठमाडौं : गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने ‘कीर्तिमय राष्ट्रदीप’ बाट सम्मानित हुनु भएको छ । संविधान दिवसको अवसरमा लामिछाने राष्ट्रपतिमार्फत प्रदान गरिने कीर्तिमय राष्ट्रदीपबाट सम्मानित हुनु भएको हो ।

लामिछानेको नेपालमा बैंक तथा वित्तीय संस्थाका साथै जलविद्युत र होटलहरुमा लगानी छ।


प्रकाशित | ३ आश्विन २०७९, सोमबार १३:४६