केन्या : गैर आवासीय नेपाली संघ (एनआरएनए ) केन्याले अफ्रिकामा पनि कोरोना फैलने क्रम जारी रहेको भन्दै अफ्रिकामा रहेका नेपालीलाई पनि ध्यान दिन सरकारसँग माग गरेको छ । एनआरएनए केन्याले विश्वब्यापी रुपमा फैलिरहेको कोरोना अफ्रिकी देशमा पनि फैलीरहेको भन्दै अफ्रिकामा कोरोना फैलीहालेमा नेपालीको लागि के गर्ने भन्ने आवश्यक पूर्वतयारी गर्न सरकारको ध्यानर्कषण गराएको हो ।
परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले कोभिड १९ प्रभावीत विभिन्न देशका एनसिसी अध्यक्षसँग गर्नुभएको छलफलको क्रममा
एनआरएनए केन्याका अध्यक्ष सुरज डुम्रेले अफ्रिकामा अहिलेसम्म कोही नेपाली पनि कोरोना संक्रमीत नभएको जानकारी गराउँदै आगामी दिनमा फैलिहालेमा के गर्ने भन्ने विषयमा पूर्वतयारी गर्न सरकारलाई सुझाव दिनुभयो ।
साउथ सुडानलगायत पश्चिम अफ्रिकाका देशमा कोरोना फैलने क्रम बढेकोमा चिन्ता ब्यक्त गर्दै अध्यक्ष डुम्रेले नेपालीलाई पर्न सक्ने समस्याको विषयमा इजीष्टको नेपाली राजदूतावाससँग समन्वय गरिरहे पनि सरकारीस्तरबाट आवश्यक तयारी हुनुपर्नेमा जोड दिनुभएको हो ।
केन्यामा अहिलेसम्म ३ सय ६३ जनाको कोरोना संक्रमण देखिएकोमा १ सय १४ जना भने निको भइसकेको जानकारी समेत गराउनुभयो । केन्यामा साढे दुई सय नेपाली कार्यरत रहेको पाइन्छ ।
सो अवसरमा मन्त्री ज्ञवालीले विदेशमा रहेका लाखौ नेपाली श्रमीकहरु, अध्ययनको सिलसिलामा बिदेशमा रहेका बिद्यार्थीहरु, बिदेश भ्रमणमा रहेका नेपालीहरु तथा स्थायी रुपमा प्रवाशमा बसोबास गर्ने नेपालीहरु तथा नेपाली मुलका सम्बन्धित देशका नागरिकहरुको स्वास्थ्य एबम सुरक्षामा नेपाल सरकारले आफ्नो स्रोत साधनले म्याएसम्म उच्च प्राथमिकता दिदैं सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो ।
प्रकाशित | १६ बैशाख २०७७, मंगलवार १९:२३