नेपालमा रोकिएका सयौ हङकङबासी नेपालीलाई हङकङ जाने ब्यवस्था मिलाइदिन एनआरएनएको माग

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङ ले लकडाउन र उडान प्रतिबन्धका कारण सयौ हङकङबासी नेपालीहरु नेपालमा अड्कीएको भन्दै हङकङ फर्कने वातावरण मिलाइदिन सरकारसँग माग गरेको छ । एनआरएनए हङकङले नेपालको विभिन्न ठाउँमा पाँच सयभन्दा बढी नेपालीहरु उडान प्रतिबन्धको कारण अड्कीएको भन्दै फर्कने वातावरण मिलाइदिन सरकारसँग माग गरेको हो ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले कोभिड १९ प्रभावीत विभिन्न देशका एनसिसी अध्यक्षसँग गर्नुभएको छलफलको क्रममा एनआरएनए हङकङ अध्यक्ष राधिका (टिका ) गुरुङले हङकङमा कोरोनाको कारण जनवरीबाट विद्यालय बन्द हुँदा सपरिवार नेपाल भ्रमण आएका सयौ हङकङबासी नेपाली उडान बन्दका कारण नेपालमा अड्कीएको भन्दै हङकङ फर्कने ब्यवस्था मिलाइदिन आग्रह गर्नुभएको हो ।

अध्यक्ष गुरुङले कोरोनाको कारण जनवरीबाट बन्द विद्यालय मे ३० बाट शूरु हुन लागेको, लामो समयम नेपालमा बस्दा बालबालीकाको पढाइ छुट्नेदेखि काम गर्दै आएका ब्यक्ती तथा ब्यवसायीहरु समेत मर्कामा परेको भन्दै सरकारको ध्यानर्कषण गराउनुभयो ।

नेपालमा अड्कीएका हङकङबासी नेपालीहरु पोखरा, धरान, धनकुटा, विराटनग,र झापा, भैरवहा, बिर्तामोड लगायतमा गरि पाँच सय भन्दा बढी रहेको पाइएकाले उनीहरुलाई नेपाल एयरलायन्सबाट हङकङ जाने वातावरण मिलाईदिन अध्यक्षले गुरुङले माग गर्नुभएको हो ।

हङकङमा उडान चलीरहे पनि नेपालमा उडान बन्द हुँदा उनीहरुले नेपालमै अड्कीरहेका छनु ।  हङकङमा सबै नेपाली स्थायी रुपमा बसोबास गर्दै आइरहेका छन् । उनीहरु हङकङमा बालबच्चाको विद्यालय बन्द हुँदा नेपाल भ्रमणमा आएका थिए । तर लकडाउन र उडान बन्द गरिदा लामो समयदेखि नेपालमै अड्कीएर बस्नु परिरहेको हो ।

सो अवसरमा बोल्दै मन्त्री ज्ञवालीले पर्यटन मन्त्रालयसँग समन्वय गरेर आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।


प्रकाशित | १६ बैशाख २०७७, मंगलवार १६:०३