निर्मला हत्याको १० महिनाः चार सयभन्दा धेरै व्यक्तिमाथि अनुसन्धान, प्रमाण अझै फेला पार्न सकिएन

काठमाडौं:  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको शुक्रबार १० महिना पुगेको छ । तर, अहिलेसम्म हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । चार सयभन्दा धेरै व्यक्तिमाथि अनुसन्धान गर्दा पनि प्रहरीले कुनै संकेत फेला पार्न सकेको छैन । १० महिनादेखि प्रहरी छिट्टै अभियुक्त पत्ता लगाउने भनेर एउटे जवाफ दिन बाध्य छ । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु आफैँ रनभुल्लमा छन् । निर्मला हत्या प्रकरणमा प्रहरी अधिकृतमाथि नै कारबाही गरिएको थियो । हत्याको विरोधमा चर्किएको विरोध प्रदर्शनमा एकजना किशोरको मृत्युसमेत भएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।


प्रकाशित | ११ जेष्ठ २०७६, शनिबार १०:००