वनमा लागेको आगो निभाउँदा एकको मृत्यु

सल्यान: देशैभरि अहिले वनमा डढेलोले उत्पात मच्चाइरहेको छ । वनमा लागेको डढेलो निभाउने क्रम जारी छ । त्यसै क्रममा सल्यानको छत्रेश्वरी गाउँपालिका ६ सिमपानीमा लागेको आगो निभाउने क्रममा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ५५ वर्षीया पेन्टी बोहरा भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार वनमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा बोहराको ज्यान गएको हो । आगोमा परी सोही ठाउँका ४४ वर्षीय खगेन्द्र बोहरा घाइते भएको छ ।
गएको २४ घण्टामा ४३ जिल्लाका दुई हजार चार ठाउँमा डढेलो लागेको छ ।


प्रकाशित | २८ बैशाख २०७६, शनिबार १६:०८