मलेसियामा रोजगारी गुमाएका कामदारलाई स्वदेश फर्कने व्यबस्था मिलाइदिन एनआरएनएको माग

क्वालालम्पुर: गैर आवासीय नेपाली संघ (एनआरएनए ) मलेसियाले मलेसियामा करार अवधि समाप्त भएर रोजगारी गुमाएका कामदारलाई स्वदेश फर्कने ब्यवस्था मिलाइदिन सरकारसँग माग गरेको छ । एनआरएनए मलेसियाका अध्यक्ष हरी भट्टराईले महामारीले गर्दा कम्पनी बन्द भएका र करार अवधि समाप्त भएर नेपाल जान नपाएका कामदारहरु लकडाउनका कारण मलेशियामा फसेको भन्दै उनीहरुको उद्धार गरिदिन सरकारको ध्यानर्कषण गराउनुभएको हो ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले कोभिड १९ प्रभावीत विभिन्न देशका एनसिसी अध्यक्षसँग गर्नुभएको छलफलको क्रममा अध्यक्ष भट्टराईले मलेसियामा होटेल ,रेस्टुरेन्ट विशेष गरी सर्भिस लाईनमा लामो समयको बेतलली बिदामा बसेका र रोजगारी गुमाएका तथा कम्पनी बन्द भएका हजारौ कामदारहरु नेपाल जान चाहेकाले उनीहरुलाई नेपाल फर्कने वातावरण मिलाइदिन माग गर्नुभयो ।

भिडियो कन्फरेन्समा बोल्नुहुँदै अध्यक्ष भट्टराईले मलेसियामा समस्यामा परेका, बिरामी भएका, विभिन्न कारणले जेल परेका नेपाली र विभिन्न कारणले धेरै अगाडि मृत्‍यु भएर अलपत्र परेका लाशहरु समयमै नेपाल फर्काउन पनि मन्त्री ज्ञवालीको ध्यानाकर्षण सहित आग्रह गर्नुभयो ।

Image may contain: 1 person, sitting

त्यस्तै, मलेसियामा रहेका नेपालीहरुको स्वास्थ्य स्थितिको अबस्था, महामारीको बेलामा नेपाली दुतावास र राजदुत उदय राज पाण्डे र उहाँको टिमको उच्च कार्य सम्पादन, एनआरएन लगायतका अरु संस्थासँग सहकार्य र समन्वय गरि समस्यामा परेका नेपालीहरुलाई राजदुतले गरेको सहयोग, एनआरएनले बितरण गरेको राहत र भविष्यमा आउन सक्ने समस्या र गर्नु पर्ने तयारीका विषयमा पनि अध्यक्ष भट्टराईले सरकारलाई जानकारी गराउनुभएको थियो ।

अध्यक्ष भट्टराईले मलेसियामा विशेष गरि यहाँको सरकारले एमसिओ लागू गरिरहेको र यो आउँदो १२ मे सम्म लागू हुने बताउँदै नेपालीहरु सबैलाई मलेसियन नागरिक सरह उपचार गरी सम्मान व्यवहार गरिरहेको पनि बताउनुभयो । साथै उहाँले नेपालीहरुको अबस्थाका बारेमा मन्त्री ज्ञवालीसँग सम्वाद हुँदा खुसी ब्यक्त गर्दै सरकारले मलेसियामा रहेका नेपालीले भोगिरहेको समस्या चाँडै सुनुवाई गर्ने विश्वास समेत ब्यक्त गर्नुभयो ।

Image may contain: 8 people, text

सो अवसरमा मन्त्री ज्ञवालीले विदेशमा रहेका लाखौ नेपाली श्रमीकहरु, अध्ययनको सिलसिलामा बिदेशमा रहेका बिद्यार्थीहरु, बिदेश भ्रमणमा रहेका नेपालीहरु तथा स्थायी रुपमा प्रवाशमा बसोबास गर्ने नेपालीहरु तथा नेपाली मुलका सम्बन्धित देशका नागरिकहरुको स्वास्थ्य एबम सुरक्षामा नेपाल सरकारले आफ्नो स्रोत साधनले म्याएसम्म उच्च प्राथमिकता दिदैं सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।


प्रकाशित | १६ बैशाख २०७७, मंगलवार १०:५४