क्यानडाबाट प्रमिला बस्नेतको कोरोनासँग सम्बन्धीत सन्देशमुलक ‘प्रेम गरौ’ बोलको गित रिलीज

काठमाडौं : क्यानडाबाट प्रमिला बस्नेतको कोरोनासँग सम्बन्धीत ‘प्रेम गरौ’ बोलको गित रिलीज भएको छ । एनआरएनए मानार्थ सदस्य समेत रहनु भएको बस्नेतको गीतमा कारोनासँग सम्बन्धीत विषयमा सन्देश प्रवाह गर्ने प्रयास गरिएको छ ।

विशेष गरि गीतले यो विपत्तिमा सबै एकजुट हुनुपर्ने, सक्नेले नसक्नेलाई सहयोग गर्नुपर्ने, दयाँ, मायाँ र प्रेमको खाँचो रहेको कुरा दर्शाइएको छ भने धन र मन दुवै हुनेहरुप्रति पनि सर्मपीत गरिएको छ ।

गीतमा पदम राई, धनु ज्ञाङ्मी, सुस्मा लिबाङ लिम्बु, संगीता रणपयलीको स्वर रहेको छ भने धनु ज्ञाङ्मीले सङ्गीत/ एरेञ्ज गर्नुभएको छ । गीत किरण क्रियसन्ले बजारमा ल्याएको हो ।


प्रकाशित | १४ बैशाख २०७७, आईतवार १८:४६