बन्दीपुरबासीको पूर्ण समर्थन रहनेमा विश्वस्त छु : धुव्रलाल प्रधान, अध्यक्ष उम्मेदवार

दमौलीः तनहुँको बन्दीपुर गाउँपलिकामा अध्यक्षका प्रत्यासी ध्रुवलाल प्रधानले आफुलाई गाउँपालिकाबासीको पूर्ण समर्थन रहने विश्वास ब्यक्त गर्नु भएको छ । प्रधानले विगतको तुलनामा संगठन मजबुत बनेको कारण यसपाली बन्दीपुरमा गुमेको साख फर्काइने बताउनु भयो ।

लामो समय कांग्रेसको संगठनका अलावा विभिन्न सामाजिक संगठन समाल्नु भएका पुराना नेता प्रधानको पहिल्यैदेखी बन्दीपुरमा राम्रो पकड छ। लामो समय सामाजिक काम गर्दा बनाएको प्रभाव र सम्बन्धकै बलमा यसपाली चुनाव जित्नेमा आशावादी रहेको प्रधानले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is durba-1024x900.png

‘मैले लामो समय आफैं खटिएर बनाएको संगठन अनि दुख:सुखमा दिएको साथ नै मैले जित्ने आधार हो,’ प्रधान भन्नु हुन्छ, ‘विगतमा आएका जनप्रतिनिधिका समयमा आएका अनियमितता अनि जनताको आकांक्षा पुरा गर्न नसकेकाले पुरा गर्न जनताले साथ दिने आशामा छु ।’

प्रधानले बन्दीपुरमा अनियमितता हटाउने, असमान विकास बढाउने र देशैभर सुन्दर सांस्कृतिक सहरको रुपमा अझ सम्पदाको विकास गर्ने योजना रहेको बताउनु भयो । ‘हाम्रो नेतृत्वमा सरकार आए पछि कसैले पनि पछि परेको महसुस गर्नुपर्ने छैन‘, प्रधानले भन्नु भयो ।


प्रकाशित | १८ बैशाख २०७९, आईतवार २३:३३