मलेसियामा कोरोना संक्रमित दुई नेपाली निको भए

काठमाडौं : मलेसियामा कोरोना भाइरस संक्रमित दुई नेपाली निको भएको नेपाली राजदूतावासले जनाएको छ । संक्रमित ३ नेपाली मध्ये दुई जना निको भएका हुन । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार दुई संक्रमित निको भएका छन्। एक जनाको अस्पतालमा उपचार भइरहेको छ ।

नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलुक मलेसियामा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ। हालसम्म मलेसियामा ५ हजार ६ सय ९१ जना कोरोनाबाट संक्रमित भएका छन्। ९६ जनाले ज्यान गुमाएका छन् भने ३ हजार ६ सय ६३ जना निको भएका छन्।


प्रकाशित | १२ बैशाख २०७७, शुक्रबार १६:१४