चार जना नेतामाथि गरेको कारबाही फुकुवा गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा (एमाले)ले वरिष्ठ नेता नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरेको कारवाही फुकुवा गरेको छ । बालुवाटारमा आज बसेको एमाले स्थायी समिति बैठकले नेता नेपालसहित भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूका मागका सम्बन्धमा छलफल गर्न अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।


प्रकाशित | ३० बैशाख २०७८, बिहीबार १२:०५