राष्ट्रपतिद्वारा चार दिनअघि जारी दुई अध्यादेश खारेज

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चार दिनअघि जारी अध्यादेश खारेज गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।


प्रकाशित | १२ बैशाख २०७७, शुक्रबार १५:५०