हावाहुरी प्रभावीतलाई एनआरएन जापानले पठायो ५ लाख ८४ हजार सहयोग

टोकियो : गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले बारा र पर्साका हावाहुरी प्रभावीतलाई जापानी येन ६ लाख ५ सय ५५ अर्थात नेपाली ५ लाख ८४ हजार ३ सय ४० रूपैया सहयोग गरेको छ । एनआरएन आइसिसीको निर्देशनअनुसार सहयोग संकलन गरि राहतको लागि सो रकम नेपाल पठाइएको हो । एनआरएन जापानका महासचिव बुद्धिराज घिमिरेका अनुसार नेपालका हावाहुरी पीड़ितको लागी सहयोग जुटाएर हस्तान्तरण गरिसकिएको हो ।

एनआरएनए जापानको कार्यालयमा आज एनआरएनए आइसीसी अध्यक्ष भवन भट्ट, आइसीसी सदस्य महेश श्रेष्ठलाई सो रकम एनआरएनए जापानका अध्यक्ष टाशी वाङ्दी लामा,महासचिव बुद्धिराज घिमिरेलगायतको रोहबरमा हस्तान्तरण गरिएको हो । एनआरएनए जापानले सो रकम जेएमई रेमिटबाट नेपाल पठाएको छ । हावाहुरी पीडितको घाउमा मलम लगाउन सहयोग गर्ने सहयोगीदाता र विशेष गरी एनआरएनए जापानलाई एनआरएनए आइसीसी अध्यक्ष भवन भट्टले धन्यबाद दिनुभयो ।


प्रकाशित | २२ चैत्र २०७५, शुक्रबार १५:४१