इण्डोनेशियामा ६.८ म्याग्नीच्यूडको भूकम्प, २० वटा पराकम्प

काठमाडौं : इन्डोनेसिया ६.८ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पछि कम्तीमा २० वटा पराकम्प गएको त्यहाँका समाचार एजेन्सीहरुले जनाएका छन् । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तलाई केन्द्र राखेर शुक्रबार अपराह्न भूकम्प आएको हो । इन्डोनेसियाको जलवायू तथा भौगर्भिक विभागले निकै ठूला परकम्पहरु एकपछि अर्को आएका र त्यसले जनजीवन त्रस्त बनाएको जनाएको छ ।

तीमध्ये सबैभन्दा ठूलो परकम्प ५।६ म्याग्नीच्यूडको थियो भने सबैभन्दा कमजोर परकम्प ३।४ म्याग्नीच्यूडको रहेको थियो । भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी जारी गरिएको थियो । सुलावेसी क्षेत्रमै गत सेप्टेम्बरमा गएको शक्तिशाली भूकम्प र सुनामीबाट कम्तीमा चार हजार ३४० जनाको ज्यान गएको थियो । करिब ७।५ म्याग्नीच्यूडको त्यस भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणको कार्य अझै जारी छ ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार १९:००