एकै दिन ८ हजार ८४८ कोरोना संक्रमित निको भए

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४४८ कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उपचाररत ८ हजार ८ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका हुन्।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ। यस अवधिमा १२९ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ।


प्रकाशित | ८ जेष्ठ २०७८, शनिबार १८:२१