हङकङमा अर्थमन्त्री खतिवडाले गरे केएमई फाइनान्सको उद्धघाटन

हङकङ : हङकङका नेपाली व्यवसायीहरुले सञ्चालनमा ल्याएको केएमई फाइनान्स तथा रेमिटेन्सको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्नुभएको छ । हङकङ भ्रमणमा रहनुभएको अर्थ मन्त्री खतिवडाले जोर्डनस्थित सिभिक कमर्सियल बिल्डिङको १४ औं तलामा कार्यालय रहेको केएमई फाइनान्स तथा रेमिटेन्सको बुधबार उद्घाटन गर्नुभएको हो ।

दस करोड पूँजी जारी गरिएको केएमईको अध्यक्ष टीका गुरुङ हुनुहुन्छ । उहाँ एनआरएन हङकङको अध्यक्ष समेत हुनुहुन्छ । फाइनान्समा पचास जना शेयरधनी रहेको बताइएको छ । विशेष गरि हङकङका नेपाली तथा चिनियाँ समुदायलाई लक्षित गरि खोलिएको यो फाइनान्सबाट रेमिट्यान्स कारोवार पनि गरिने जनाइएको छ ।


प्रकाशित | १८ बैशाख २०७६, बुधबार १८:५८