आगामी बजेटमा वृद्धभक्त बढाउने सरकारको घोषणा

काठमाडौं: सरकारले आगामी बजेटमा सामाजिक सुरक्षा योजनाअन्तर्गत वृद्धभत्ता बढाउने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा वृद्धभत्ता बढाउने घोषणा गर्नुभएको हो । आइतबार ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौँ बैंक खाता’ नामक राष्ट्रिय अभियानको घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाइने बताउनुभएको हो । सोही अवसरमा सरकारले ज्येष्ठ नागरिकका लागि १ लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा पनि घोषणा गरेको छ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार १७:०२