लकडाउन वैशाख १५ गतेसम्म र अन्तर्राष्ट्रिय उडानहरु १८ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ : सरकारले लकडाउन १२ दिन बढाएको छ । ३ गते सम्म रहेको लकडाउन वैशाख १५ गतेसम्म थप गरिएको हो । चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।  बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिपद्को बैठकले म्याद थप्ने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ। नेपालमा हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको छ। आज म‌ंगलबारमात्रै राजधानीको सन सिटी अपार्टमेन्टमा बस्ने दुई जनामा संक्रमण पुष्टि भएको छ।


प्रकाशित | २ बैशाख २०७७, मंगलवार १५:४१