पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० र ग्यासमा प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाइयो

काठमाडौँ : इन्धनको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको हो । भाउँ बढेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ ।


प्रकाशित | ८ जेष्ठ २०७९, आईतवार २१:२०