विदेशमा अलपत्र वा समस्यामा परेका नेपालीलाई एनआरएनएको हेल्प लाईनमा सम्पर्क गर्न अपिल

काठमाडौं : कोेरोनाको कारण विदेशमा अलपत्र पर्नुभएको छ ? कुनै समस्या छ ? यदी तपाई अलपत्र पर्नुभएको छ र समस्यामा पर्नुभएको छ भने अब गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले काठमाडौंमा सञ्चालनमा ल्याएको हेल्प लाईनमा सिधै सम्पर्क गरि समस्या टिपाउन सक्नुहने भएको छ । तपाईले टिपाइएको  समस्याको आधारमा सुनुवाई गर्न पहल गरिनेछ ।

गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार कोरोनाको कारण वैदेशिक रोजगारमा अलपत्र परेका नेपाली र विद्यार्थी जो कोहीले पनि समस्या टिपाउन सक्नुहुनेछ । कार्यालयमा जानकारी गराइएको सूचनाको आधारमा एनआरएनएले आवश्यक सुनुवाई गर्ने अध्यक्ष पन्तले बताउनुभयो ।

अध्यक्ष पन्तले कोरोना संक्रमणबाट विभिन्न मुलुकमा रहेका गैर आवासीय नेपालीले सामना गर्नुभएका समस्याको सुनुवाइ गर्ने उद्देश्यले हेल्पलाइन शूरु गरिएको बताउनुभयो ।

संघको काठमाडौँस्थित सचिवालयबाट २४ सै घण्टा संचालन हुनेछ । कोरोना महामारीका कारणले अलपत्र परेका वैदेशिक रोजगार, विद्यार्थी वा अन्य समस्यामा परेका नेपालीले सो हेल्पलाइनमा फोन गरेर आआफ्ना समस्या टिपाउन सक्नुहुनेछ । साथै भाइबर, ह्वाट्सएपबाट पनि हेल्पलाइनमा सम्पर्क गर्न सकिनेछ।
सम्पर्क नम्बर-
‌बिहान ६ देखि दिउँसो २ बजेसम्म: +९७७-९८४१-२८०००५
दिउँसो २ बजेदेखि राती १० बजे सम्म: +९७७-९८०८-३१२५५५
राती १० बजेदेखि बिहान ६ बजेसम्म: +९७७-९८२३४५८२०४
(नेपाल समय)
आफ्ना समस्या फेसबुक (www.facebook.com/NRNAOfficial) वा ईमेल (Help@nrna.org) बाट पनि राख्न सकिनेछ।


प्रकाशित | ३० चैत्र २०७६, आईतवार १४:४८