एनआरएनएद्धारा नेपाल सरकारलाई औपचारिक रुपमा ४ हजार किट र ५ सय पीपीई हस्तान्तरण

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले नेपाल सरकारलाई कोरोना उपचारसँग सम्बन्धीत स्वास्थ्य सामाग्री औपचारिक रुपमा हस्तान्तरण गरेको छ । एनआरएनए दक्षिण कोरियाले खरिद गरि नेपाल पठाएको ४ हजार टेस्ट किट र ५ सय वटा स्वास्थ्यकर्मीले लगाउने विशेष सुरक्षा उपकरण (पीपीई) नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

कोरियाको टोलीसहित एनआरएनए आइसिसी उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव प्रसाद कोइराला
लाई सो सामान हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा उपाध्यक्ष लामाले कोरियाबासी नेपालीको सहयोगमा संकलीत रकमबाट नेपाल सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न सफल भएकोमा सम्पूर्ण कोरियाबासी नेपाली तथा एनआरएनए कोरिया प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।  स्वास्थ्य सचिव कोइरालाले कोरियाबासी नेपालीले भनेको ठाउँमा चाँडै स्वास्थ्य सामाग्री पुर्याइने बताउनुभयो ।

Image may contain: one or more people, people standing and outdoor

सामग्री मध्य ५० थान पिपिई नेपाल सरकारका ४ वटा अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान १५ थान, त्रिशुली अस्पताल, नुवाकोट ५ थान, धौलागिरी अस्पताल २२ थान र पर्वत जिल्ला अस्पताललाई ८ थान पुर्याइने जनाइएको छ ।  कोरियाबाट पठाइएको किटले तीन घन्टामै कोरोना परीक्षण गर्न सकिनेछ ।

No photo description available.


प्रकाशित | २९ चैत्र २०७६, शनिबार १८:५९