लाइसेन्स बनाइदिन घुस माग्ने बिचौलिया पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, वीरगञ्ज, पर्सामा लेखापढीको काम गर्ने बिचौलियालाई घुससहित पक्राउ गरेको छ । एस्क्याभेटरको लाइसेन्स बनाइदिने भनी सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीको आधारमा अख्तियारको टोलीले रोशनकुमार रौनियार र सुनिल यादवलाई पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले सेवाग्राहीसँग ३१ हजार घुस लिइरहेको अवस्थामा वीरगञ्ज महानगरपालिका(१३ स्थित शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय परिसरबाट नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको बताउनुभयो ।


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार १८:५९