आजको मौसम कस्तो छ ? कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौं: आज दिउँसो देशको पूर्वी पहाडी भेग लगायत मध्य र पश्चिमि भ(भागमा आंशिक देखि सामान्य बदलिको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने सम्भावना छ। पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै, राती देशको पूर्वी पहाडी भेग लगायत मध्य र पश्चिमि भू(भागमा आंशिक बदलिको संभावना छ भने बाँकी भागहरुमा मौसम  सामान्यतया सफा रहने संभावना छ। पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ । यस्तो छ शुक्रबार र शनिबारको मौसम पूर्वानुमान;

बैशाख २७ गते (शुक्रवार):

दिउँसो: देशको पूर्वी पहाडी भेग लगायत मध्य र पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदलिको सम्भावना छ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने सम्भावना छ। पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।

राति: देशको पूर्वी पहाडी भेग लगायत मध्य र पश्चिमि भू-भागमा आंशिक बदलिको संभावना छ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने संभावना छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

बैशाख २८ गते (शनिवार):

दिउँसो: पूर्वी तथा मध्य भेग लगायत पश्चिमि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि र बाँकी भागहरुमा आंशिक बदलिको सम्भावना छ । पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।

राति: पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भागहरुमा सामान्यतया सफा देखि आंशिक बदलि सम्म रहने सम्भावना छ । पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।


प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार १०:०२