मलेसियामा समस्यामा परेका नेपालीलाई सहयोग गर्न आपतकालिन राहत कोष खडा गर्दैछौं: हरि भट्टराई

काठमाडौं : कोरोना भाइरसका कारण मलेसियामा समस्यामा परेका नेपाली श्रमीकलाई सहयोग गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए ) मलेसियाले आपत्तकालीन राहत कोष खडा गर्ने भएको छ ।

एनआरएनए मलेसिया अध्यक्ष हरि प्रसाद भट्टराईले मलेसिया स्थित विभिन्न ब्यवसायी, बुद्धिजीवी, संघ सस्थासँग संयुक्त छलफल गरि समस्यामा परेका नेपालीलाई सहयोग गर्न आपतकालीन राहत कोष खडा गर्न लागिएको बताउनुभयो ।

मलेसियामा जो कोही अप्ठ्यारोमा परेका नेपालीहरुलाई उक्त कोषबाट उद्दार गरि समस्या समाधान गर्ने उद्देश्यले कोष खडा गर्न लागिएको अध्यक्ष भट्टराईले जानकारी गराउनुभयो ।

अध्यक्ष भट्टराईका अनुसार एसिसी मलेसियाले अंगभंग भएका, दुर्घटना, मृतकको शब नेपाल पठाउन वा दाहसस्कार गर्न कम्पनीले कुनै वास्था नगरिएको खण्डमा एनआरएनए मलेसियाले कल्याणकारी कोषबाट सक्दो सहयोग गर्नेछ ।

मलेसियामा एक जना नेपालीलाई कोरोना संक्रमण भएको बताउँदै अध्यक्ष भट्टराईले एनसीसी मलेसियाले सम्पुर्ण नेपालीहरुको निम्ति आफ्नो कर्तब्य निर्बाह गर्न कुनै कसर बाँक़ी नराखि समस्यामा परेकाहरूलाई आवश्यक सहयोग गर्न सदैब तत्पर रहेको बताउनुभयो । कुनै समस्या भए सम्पर्क गर्न अप्ठ्यारो नमान्न समेत अध्यक्ष भट्टराईले आग्रह गर्नुभएको छ ।

नेपाल सरकारद्धारा शूरुवात गरेको कोषमा एनसिसि मलेसियाले एनआरएन आइसिसीमार्फत नेपाली १ लाख सहयोग गर्ने निर्णय गरिएको पनि जानकारी गराउनुभयो ।

अध्यक्ष भट्टराइले मलेसियाबासी नेपालीलाई अपिल गर्दै भन्नुभएको छ, ‘विश्वभरि नै महामारीको रूप लिएको कोरोना प्रकोप नियन्त्रण अन्तरगत मलेसियामा रहनु भएका सम्पुर्ण नेपालीहरूले देखाउनुभएको आत्म संयमता, सावधानी र सचेतनाका लागि गैर आवासीय नेपाली संघ राष्ट्रिय समिति मलेसिया हार्दिक धन्यवाद ज्ञापन गर्दछ। कोरोना संक्रमणको सम्भावित जोखिमबाट जोगिन घरभित्रै बस्न र नियन्त्रणका लागि मलेसिया सरकारको निर्णय निर्देशनहरूलाई पालना गर्न पुन हार्दिक अनुरोध गर्दछ।’

कोरोना भाइरस कसैलाई पनि लाग्न सक्ने भन्दै यसको शंका लागेमा त्यसलाई नलुकाउन तथा मलेसिया सरकारले जारी गरेको सम्पर्कमा फोन गरेर उच्च मनोबलका साथ आवश्यक उपचार गर्न र त्यसलाई विस्तार हुन नदिन आवश्यक सावधानी अपनाउन समेत आग्रह गरिएको छ ।


प्रकाशित | २६ चैत्र २०७६, बुधबार १४:२९