हब इन्टरनेशनलको पाँचौ शाखा बुटवलमा

बुटवल -हब इन्टरनेशनल एजुकेशनले नेपालका विभिन्न सहरमा सफल सञ्चालन गरेपछि बुटवलको मिलनचोकमा आफ्नो पाँचौं शाखा स्थापना गरेको छ । नयाँ शाखाको उद्घाटन असोज २८ गते हुने हब इन्टरनेशनल एजुकेसनका अध्यक्ष उद्धव खड्काले जानकारी दिनुभयो।

संस्थाले आफ्नो नयाँ शाखाको उद्घाटनको अवसरमा असोज २८ गतेदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम तय गरेको छ । उदघाटन दिनमा सम्पूर्ण विद्यार्थी तथा अभिभावक लगायत सरोकारवाला तथा शुभचिन्तकहरुलाई उत्सवमा सहभागी हुन आमन्त्रण गरिने संस्थाले जनाएको छ ।

दोस्रो दिन संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्ने र बालबालिकाका लागि काम गरिरहेको स्थानीय अनाथ आश्रम तथा गैर नाफामूलक संस्थालाई रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

तेस्रो र अन्तिम दिन हब इन्टरनेशनल एजुकेशनले विद्यार्थीहरुलाई विदेशमा अध्ययन गर्ने बारे जानकारी दिने उद्देश्यले शैक्षिक मेला आयोजना गर्नेछ । यसमा अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड र क्यानडाका स्टल रहनेछन् । विदेशमा अध्ययनको खोजीमा रहेका विद्यार्थीहरूलाई विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूले विश्वविद्यालय र देशका बारेमा विस्तृत जानकारी दिनेछन्।

मेलाले विद्यार्थीहरुलाई आफ्नो करियर बनाउन सहज हुने संस्थाको विश्वास छ । अन्तिम दिन समापन कार्यक्रम संगै विद्यार्थीको लागि कन्सर्टको आयोजना गरिने आयोजकले जानकारी दिएका छन्।

हब इन्टरनेशनल एजुकेशनले आफ्नो सुरुवातदेखि नै हजारौं विद्यार्थीहरूलाई विदेशमा अध्ययन गर्ने सपना पूरा गर्दै विश्वभरका विभिन्न विश्व-स्तरीय विश्वविद्यालयहरूरकलेजहरूमा सफलतापूर्वक राखेको छ। आगामी दिनहरुमा पनि सेवा प्रदान गर्न संस्था प्रतिबद्ध रहेको छ ।


प्रकाशित | २८ आश्विन २०७९, शुक्रबार १३:१८