माल्टाका नेपाली सुरक्षीत छौ, अफवाह फैलाइएजस्तो नेपालीको अवस्था नाजुक छैन : राजु अर्याल (बाबु )

राजु अर्याल (बाबु ), अध्यक्ष, एनआरएनए माल्टा

चीन बाट सुरुवात भएको नोभल कोरोना भाइरस (कोभिड १९) ले यति बेला सम्पुर्ण बिश्वलाई नै आतंकित र क्रास बनाइरहेको अवगत नै छ । विश्वजगतमा नै त्यसको प्रत्यक्ष असर पारिरहँदा माल्टा पनि त्यसबाट अछुता रहन सकेको छैन । अन्य युरोपेली मुलुकमा भन्दा आज सम्म माल्टामा भने मानव शरीरमा भने त्यस्तो धेरै आज सम्म असर भने परेको छैन। हिजो सम्मको रिपोर्ट अनुसार २०२ जनामा कोरोना पोजेटिभ देखिएको छ, त्यसमध्ये २ जना उपचार पछि निको भएका छ्न। त्यसको अवसर माल्टामा भएका ब्यापार ब्यवसाय भने बन्द भएका छन् ।

विशेष गरि पर्यटनको हिसाबले चल्ने जस्तै होटेल, बार रेस्टुरेन्ट, क्यासिनो जुन क्षेत्रमा नेपाली कामदारको धेरै भुमिका रहेको छ, अहिले त्यो क्षेत्रमा काम गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीको भने जागिर गुमेको अवस्था छ। तर अन्य सुपरमार्केट सप हस्पिटलमा काम गर्नेहरुले भने अझै सम्म जागिर गरिरहेको कुरा पनि जानकारी दिलाउन चाहन्छु। विभिन्न अनलाइन मिडिया द्वारा समाचार छाप्दा गलत समाचार जनता बिच पुर्याउदा गलत समाचार पुर्याएको कारण अहिले नेपालमा बस्ने अभिभावकहरुमा पनि त्रास उत्पन भएको छ। विभिन्न कम्पनीबाट नेपाली कामदारको भिसा रद्द गर्ने जानकारी स्वरूप कम्पनी बाट कामदारहरुलाई सूचना आएको थियो । त्यो कुरा लाई नेपाल राजदुतावास लण्डन तथा माल्टामा रहेक विभिन्न राजनैतिक सामाजिक र अन्य सस्थाहरु सँग सहकार्य गरेर हामी कुनै कम्पनीको पुर्ण रुपमा समाधान गरेका छौ भने कुनै कम्पनीको हकमा हामी केहि हद सम्म पूरा गर्ने कोसिस गरेका छौ।

अहिले माल्टामा करिब ३००० को हाराहारिमा नेपाली कामदार रहेको कुरा पनि अबगत गराउन चाहान्छु। अहिलेको अबस्थामा माल्टाबाट कुनै पनि तेस्रो मुलुकमा रहेका कामदारहरुको कागजी प्रक्रिया पनि रोकेको छ । यदि कोहि भ्रमित भै कहि कतै पैसा बुझाउदै हुनुहुन्छ भने पनि अर्को सुचना नआए सम्म सतर्क हुनु हुन विनम्र अनुरोध गर्दछु। उच्च क्षमता भएका कामदार जस्तै डाक्टर , मेडिकल प्रोफेसर आइटी फिल्डको कामदारको हकमा भने बन्द नगरेको कुरा पनि अबगत गराउन चाहान्छु। नेपाली कामदार यो रोगबाट भने हिजो सम्मको रिपोर्टमा ग्रसित नभएको कुरा पनि अबगत गराउन चाहान्छु।

भोलिको दिनमा नेपालीमा भै परि आउने समस्यामा गैर आवासीय नेपाली संघ परिवार सहयोगको लागि सदैब तयारी रहेको कुरा पनि अबगत गराउन चाहन्छु। कहि कसैलार्इ समस्या पर्छ भने हामी हाम्रो आधिकारिक फेसबुकको पेजमा विज्ञप्ति जारी गर्दा माल्टाको विभिन्न क्षेत्रमा बसोबास गर्ने एनआरएनए पदाधिकारीहरुको सम्पर्क नम्बर उपलब्ध गराएका पनि छौ।

सरकारले यो अबस्थाका कारण रोजगारमा प्रत्यक्ष असर पर्ने कामदारहरुलाई ८०० युरो दिने भने पनि अझै सम्म कस्तो कामदारलाई दिने भन्ने कुरा पारित भएको छैन।त्यसमा विभिन्न सर्त तथा नियमहरु लागू हुने छौ। अब नेपालीको हालत भन्नू पर्दा काम बिहिन छन नेपाली तर यो समस्या माल्टामा मात्र नभएर विश्व जगतमा नै भएको समस्या हो। त्यसबाट अलबा माल्टाको अबस्था त्यस्तो चिन्ताजनक छैन । यहाँको स्वास्थ्य बिभागले यसको अझै सम्म एकदमै ख्याल गरेर कार्य गरिरहेको छ। धन्यवाद ।


प्रकाशित | २३ चैत्र २०७६, आईतवार १५:५३