अमेरिकाबाट एनआरएनए उपाध्यक्षमा सोनाम लामाको उम्मेदवारी घोषणा, यस्ता छन् कार्ययोजना

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी उपाध्यक्षमा एनआरएन अभियन्ता सोनाम लामाले उम्मेदवारी घोषणा गर्नुभएको छ । अगाामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा आइसिसी उपाध्यक्षमा लामाले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

गैर आवासीय नेपाली संघको अभियानमा लामो समयदेखि सक्रियतापूर्वक लाग्दै आउनुभएको लामाले विश्वभरीबाट सबैको माग र चाहानाअनुसार उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयबमोजीम उम्मेदवारी घोषणा गर्नुभएको हो । एनआरएन आइसिसीको भूतपूर्व अध्यक्ष देवमान हिराचनदेखि जीवा लामिछाने र शेष घलेसँग निकै निकट भएर काम गर्नुभएको लामाको एनआरएनमा ठूलो योगदान छ । विशेष गरि एनआरएन भवन, लाप्राक पोजेक्टमा उहाँले करोडौ सहयोग गर्नुभएको छ ।   लामा हरेक सामाजीक कार्यमा समेत सक्रिय हुनुहुन्छ । लामाले मुक्तीनाथ मन्दिरमा करोडौ खर्चेर बुद्धको मूर्ति  निर्माण गर्दै सबैलाई गतिलो पाठ समेत सिकाउनुभएको छ ।

एनआरएनएमा लामाको आबद्धता

गैर आवासीय नेपाली संघ सन २००३ मा स्थापना भयो । स्थापना कालदेखि नै यो अभियानमा सक्रियतापूर्वक लाग्दै आउनुभएको लामाले सन २००९ मा एनआरएनए आइसिसी सदस्य भएर जिम्मेवारी निर्वाह गर्नुभयो । २००९ देखि २०१३ सम्म गरि दुई कार्यकाल केन्द्रीय (आइसिसी ) सदस्य भएर जिम्मेवारी निर्वाह गर्नुभएको लामाले आइसिसी सदस्य हुँदा पनि निकै महत्वपूर्ण कार्य गर्न सफल हुनुभएको थियो ।

लामाले सन २०१३ देखि २०१५ मा गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रको क्षेत्रीय सह-संयोजक (डिआरसी) को जिम्मेवारी निर्वाह गर्नुभयो । सन २०१५ देखि २०१७ कार्यकालमा लामाले अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजक (आरसी ) पद्को जिम्मेवारी निर्वाह गर्नुभयो ।  लामा संघको अघिल्लो आठौ विश्व सम्मेलनमा उपाध्यक्षको प्रतिस्पर्धी हुनुहुन्थ्यो ।  आगामी उपाध्यक्षमा उम्मेदवार घोषणा गर्नुभएको लामाका यस्ता छन् कार्ययोजना :-

१. गैर आवासीय नेपाली नागरिकता निरन्तरताको कार्यान्वयन गर्न पहल गर्ने

गैर आावासीय नेपालीको मुख्य एजेन्डा नेपाली नागरिकताको निरन्तरता भएको बताउँदै लामाले लामो समयको सघर्षप्रश्चात संविधानमा गैर आवासीय नेपालीलाई नेपाली नागरिकता दिने विषयमा स्पष्ट उल्लेख भएको बताउनुभयो । ‘संविधानमा राजनैतिक अधिकार बाहेकको आर्थिक, सामाजीक र साँस्कृतिक अधिकारसहितको नागरिकता दिने कुरा उल्लेख भइसकेको छ, अब एनआरएनको मुख्य मृद्दा कार्यान्वयनको चरणमा छ’, लामाले भन्नुभयो, ‘संविधानमा स्पष्ट उल्लेख भइसके पनि अहिले संसदमा नागरिकता सम्बन्धी विध्येक विचाराधीन भएकाले चलाखो हुनुपर्नेछ र सरकारलाई दबाब दिनुपर्नेछ ।’

नागरिकता सम्बन्धी ऐनमा उल्लेख गर्नुपर्ने विभिन्न बुँदाका विषयमा आवाज उठाउँदै जतिसक्दो छिटो गैर आवासीय नेपालीलाई नेपाली नागरिकता दिलाउन लागिपर्ने लामाको अबको मुख्य एजेन्डा छ । केहि दिन अघि मात्र संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग गैर आवासीय नेपाली नागरिकताको विषयमा छलफल गरिएको र तत्काल भारतसँगको खुल्ला सिमाबाट सृजीत समस्याका कारण नागरिकता सम्बन्धी विधेयक पारित नभए पनि गैर आवासीय नेपाली नागरिकताको विषयमा कुनै अवरोध नहुने प्रतिबद्धता प्राप्त भएको लामाले बताउनुभयो । आगामी दिनमा यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा लग्नु आफनो प्रमुख काम हुने लामाले बताउनुभयो ।

२. भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्डको कार्यान्वयन

अघिल्लो तत्कालीन एनआरएनए अध्यक्ष शेष घलेको पालामा पारित गरिएको भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्डलाई लागू गराउनु लामाको अर्को प्रमुख एजेन्डा रहेको छ । विगतमा भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्डलाई पारित गराउन महत्वपूर्ण भूमिका खेल्नु भएको लामाले एनआरएनलाई अगाडि बढाउन यो अवधारण अत्यावश्यक रहेकाले यसलाई कार्यान्वयन गर्न लागिपर्ने बताउनुभयो ।

३. गैर आवासीय नेपाली श्रमीकका हक हितमा केन्द्रित

लामाले विश्वभरी छरिएर रहेका गैर आवासीय नेपाली श्रमीकहरुको हक हितका सवालमा सशक्त रुपमा आवाज उठाउने बताउनुभयो । विशेष गरि मध्य पूर्व र मलेसिया तथा विश्वका विभिन्न ठाउँमा रहेका गैर आवासीय नेपाली श्रमीक वर्गको हक हितमा केन्द्रित भएर श्रमीकका समस्याको पहिचान गर्दै नेपाल सरकारसँग समन्वय गरि समाधानमा पहल गर्ने बताउनुभयो ।

४. एनआरएनए श्रमीक कल्याणकारी कोषलाई ब्यवस्थित गरिने

विगतमा तत्कालीन अध्यक्ष शेष घलेको पालामा स्थापना गरिएको श्रमीक कल्याणकारी कोषलाई ब्यवस्थित गरिने लामाले बताउनुभयो ।  विश्व श्रम बजारमा रहेका नेपाली श्रमिकको मुद्दामा केन्द्रित हुन सन् २०१५ मा श्रमिक कल्याणकारी कोषको स्थापना गरिएको बताउँदै लामाले सो कोषलाई ब्यवस्थित बनाएर वैदेशिक रोजगारीमा आउने विभिन्न विपत्त तथा समस्यामा परेका श्रमीकको समस्या समाधानमा लागिपर्ने बताउनुभयो ।

५. पञ्जीकृत सदस्यता विस्तार

गैर आवासीय नेपाली संघलाई आर्थिक रुपमा सवल र सक्षम बनाउँदै अब नयाँ सदस्य बन्न शुल्क नलाग्ने गरि संघलाई अगाडि बढाउने लामाको योजना छ । लामाले विश्वभरी गैर आवासीय नेपालीको संख्या ८० लाखको हाराहारीमा पुगिसक्दा पनि गैर आवासीय नेपाली संघमा आबद्ध सदस्य एक लाख पनि नपुग्नुमा सदस्यता शूल्क पनि रहेको बताउँदै शूल्क नलाग्ने गरि आगामी योजना ल्याउने लामाले बताउनुभयो । गैर आवासीय नेपाली सदस्यता विस्तार गर्न हाल लगाइएको सदस्यता शुल्क नलाग्ने गरि अगाडि बढ्ने र एनआरएनमा लाग्न उत्प्रेरित गर्न विविध खालका कार्यक्रम ल्याएर सदस्यता विस्तार अभियान चलाउने लामाको योजना छ ।

६. ’भिजीट नेपाल २०२०’ लाई सफल बनाउन सघाउने र प्रर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने

लामाले नेपाल सरकारले घोषणा गरेको भिजीट नेपाल २०२० लाई सफल बनाउन लागिपर्ने  बताउनुभयो । विदेशमा गैर आवासीय नेपालीको माध्यमबाट नेपालको पर्यटन प्रबद्र्धन गर्दै भिजीट नेपाल २०२० सफल बनाउन संघमार्फत पहल गर्ने आफनो योजना रहेको लामाले बताउनुभयो । लामाले नेपालको आन्तरिक पर्यटनमा टेवा पुर्याउन पर्यटकीय क्षेत्रमा लगानी बढाउँदै अगाडि बढ्ने योजना रहेको बताउनुभयो ।

७. एनआरएनएका अपूरा मेगा प्रोजेक्ट पूरा गर्न लागिपर्ने

लामाले पूर्व अध्यक्ष शेष घलेको पालामा शूरु गरिएका एनआरएनका अपूरा मेगा प्रोजेक्ट पूरा लागिपर्ने बताउनुभयो । पूर्व अध्यक्ष घलेको पालामा शूरु भएको प्रोजेक्टहरु पूरा हुन नसकेकोमा चिन्ता ब्यक्त गर्दै लाप्राक प्रोजेक्ट र एनआरएन भवनलाई जतिसक्दो छिटो पूरा गर्न लागिपर्ने  लामाले बताउनुभयो ।

८. लगानी, ज्ञान, सिप र प्रविधि हस्तान्तरणमा सघाउने

लामाले गैर आवासीय नेपाली संघले नेपाल सरकारसँग मिलेर गर्न लागेको १० अर्बको लगानी ल्याउन पहल गर्ने बताउनुभयो । मुलुकको आर्थिक सम्मृद्धिको लागि एनआरएनले पूँजीसँगै ज्ञान, सिप र प्रविधि हस्तान्तरण गर्नु आवश्यक  रहेको बताउँदै लामाले एनआरएनको माध्यमबाट लगानीसँगै विश्वभरीका विज्ञहरुलाई समेत एकीकृत गर्दै मुलुकको आर्थिक सम्मृद्धिमा टेवा पुरयाउने बताउनुभयो ।

९. एनआरएनए सचिवालयलाई ब्यवस्थित बनाउने

लामाले गैर आवासीय नेपालीहरुको साझा संस्थाको रुपमा अपनत्व हुने गरि एनआरएनएको केन्द्रीय सचिवालयलाई ब्यवस्थित र सूचना प्रविधि मैत्री बनाउन लागिपर्ने बताउनुभयो । एनआरएनको आफनै भवन हुनु गर्वको कुरा भएको बताउँदै लामाले एनआरएन सचिवालयलाई समय सान्र्दभीक, सूचना प्रविधि मैत्री बनाउँदै सम्पर्क केन्द्रका रुपमा विकास गर्न आवश्यक भएको बताउनुभयो ।


प्रकाशित | ३ आश्विन २०७६, शुक्रबार ०१:२४