लुक्ला विमान दुर्घटना : घाइते दुईको ग्राण्डी अस्पतालमा उपचार हुँदै (अपडेट )

सोलुखुम्बु : सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना हुँदा घाइते भएका दुईको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भने दुर्घटनास्थलबाट उद्धार गरि उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पताल ल्याएपछि ज्यान गएको छ । अन्य दुईजना घाइतेको भने ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएका तीनजनालाई हेलिकप्टर मार्फत उद्धार गरि उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पताल ल्याएकोमा प्रहरी रुद्रबहादुर श्रेष्ठको निधन भएको अस्पतालले जनाएको छ । चेतबहादुर गुरुङ र शरद खड्काको उपचार भइरहेको ग्राण्डी अस्पतालले जनाएको छ ।

समिट एयरको विमान उडान भर्ने क्रममा मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको हो । आइतबार बिहान समिट एयरको ९ एन–एएमएच विमान मनाङ्ग एयरको हेलिकप्टर ९ एन–एएलसीसँग ठोक्किएको हो । उडान भर्ने क्रममा विमान हेलिकप्टरसँग ठोक्किएपछि आगो लागेको थियो । विमान धावन मार्गमा चिप्लिएर हेलिकप्टरमा ठोक्किन पुगेको हो ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार ११:४२