आजदेखि मौसम बिस्तारै खुल्दै जाने

काठमाण्डौ – पर्सिदेखि मौसममा पूर्ण सुधार आउने भएको छ । आजदेखि मौसम बिस्तारै खुल्दै जाने र पर्सिदेखि मात्रै मौसममा पूर्ण सुधार आउने भएको हो । वाग्मती प्रदेशमा आजैदेखि पारिलो घाम लाग्न थाल्ने र अरु प्रदेशमा भने पर्सिदेखि मात्रै मौसममा पूर्ण सुधार आउने मौसमविद्ले बताएका छन् ।

मौसमविदका अनुसार अरु प्रदेशमा न्यूनचापीय प्रणालीको प्रभाव पर्सिसम्म नै रहनेछ । यस प्रणालीको प्रभावका कारण केही दिनदेखि मौसम बद्ली भएर केही ठाउँमा वर्षा र हिमपात भएको छ ।

आज पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । भोलि पनि सुदूरपश्चिम र प्रदेश(१ का एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।


प्रकाशित | २६ पुष २०७८, सोमबार ०८:१८