कोरोना भाइरस बारे सचेत रहन एनआरएनए विश्व स्वास्थ्य समितिको आह्रवान

न्यूयोर्क: गैर आवासीय नेपाली संघ (एनआरएनए ) विश्व स्वास्थ्य समितिले हालै चीनलगायत देशमा फैलिएको कोरोला भाईरस बारे सचेत रहन गैर आवासीय नेपालीमा अनुरोध गरेको छ । समितिका संयोजक डा. सञ्जीव सापकोटाले कोरोला भाईरसका विषयमा विभिन्न माध्यमबाट समितिले जानकारी गराउने कार्य भइरहेको भन्दै सबैमा सचेत रहन आग्रह गर्नुभयो । संयोजक सापकोटाले सो विषयमा जानकारी गराउने उद्देश्यले एनआरएनएको वेभ साइटमा राखिएको कोरोला भाईरस बारे कुनै पनि सामाग्री हेरि महामारीबारे सचेत रहन आग्रह गर्नुभएको हो ।

विश्वभरि छरिएर रहेका नेपालीहरु र विशेष गरि चीन, साउथ कोरिया, जापान थाइल्याण्ड, मलेसिया, फिलिपिन्समा रहेका नेपालीहरुले अझ बढी सचेत रहनु पर्ने भएकाले वेभसाइट मार्फत जानकारी लिई सचेत रहन संयोजक सापकोटाले विशेष आग्रह गर्नुयो । स्वास्थ्य समितिले हालै एक विशेष स्काईप मिटिगं राखी प्रश्नोत्तर कार्यक्रम गरेको र अझै प्रश्नोउत्तर कार्यक्रम राखीने बताउनुभयो ।

गलत स्रोतबाट आएको जानकारीमा विश्वास नगर्न र सही सूचनामा भरोसा गर्न तथा भ्रममा नपर्न सबैमा आग्रह गर्नुभयो । विभिन्न देशमा रहनु हुने गैर आवासीय नेपालीलाई भाइरसको विषयमा आधिकारिक जानकारी लिन सम्बन्धीत देशको सरकारी वेभसाइटबाट जानकारी लिन समेत आग्रह गर्नुभएको छ ।


प्रकाशित | २२ माघ २०७६, बुधबार १०:१५