मध्यपुर थिमि नगरपालिकामा ३ करोडको नगर विपद कोष खडा

भक्तपुर : जिल्लाको मध्यपुर थिमि नगरपालिकाले ३ करोडको नगर विपद कोष खडा गरेको छ । नगर कार्यपालिकाको आज बसेको आकस्मिक बैठकले ३ करोडको विपद कोष खडा गरेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी गराउनुभयो ।

प्रमुख श्रेष्ठका अनुसार कोरोना भाइरस विरुद्धको लडाई लड्नको लागि ३ करोडको नगर बिपद कोष, प्रत्येक वडामा ५ लाख बिपद कोष निर्माण , वडा अध्यक्षको सयोजकत्वमा आपूर्ति , राहत ब्यबस्थापन तथा बितरण कमिटी गठन , राहत बितरणमा एक द्वार प्रणाली, जात्रापर्व अनिवार्य पुजाआजा मात्र गर्ने लगायतको निर्णय गरेको जानकारी गराउनुभयो ।


प्रकाशित | १८ चैत्र २०७६, मंगलवार १९:००