धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सरकारी अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धरौटी नलिई संक्रमितको उपचार गर्न सबै सरकारी अस्पताललाई निर्देशन दिनुभएको हो ।

धरौटी सम्बन्धी सूचना निकाल्ने सबै सरकारी अस्पताललाई स्पष्टीकरण समेत सोधिएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराउनुभयो ।

सक्ने व्यक्ति स्वयंले उपचार गर्ने र नसक्ने समूहको सरकारले नै उपचार गर्ने निर्णय यथावत् रहेको बताउँदै भन्नुभयो, ‘सरकारी अस्पाल सबैलाई धरौटी नलिइ कोभिड–१९ का बिरामीको उपचार गर्न निर्देशन दिइएको छ। धरौटी सम्बन्धी सूचना निकाल्ने अस्पतालसँग स्पष्टीकरण सोधिएको छ।’


प्रकाशित | १६ कार्तिक २०७७, आईतवार १७:१०